काठमाडौँ :- प्रधानमन्त्री सुशीला कार्कीले हिमाली क्षेत्रमा मौसमले साथ नदिए दोस्रो चरणमा निर्वाचन गराइने बताउनुभएको छ।
हात्तिखोरमा आयोजित कार्यक्रममा सहभागी भएर फर्कने क्रममा उहाँले मौसम प्रतिकूल भएमा वैकल्पिक रूपमा दोस्रो चरणमा निर्वाचन गर्न सकिने स्पष्ट पार्नुभयो।
प्रधानमन्त्री कार्कीले फागुन २१ गतेको निर्वाचन समयमै हुने भन्दै भयरहित वातावरणमा मतदान सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो।




