काठमाडौँ :- आज शेयर बजार ओरालो लागेको छ। नेप्से परिसूचक १२ दशमलव ५८ अङ्कले घटेर २६८३ दशमलव १५ बिन्दुमा पुगेको छ।
३२२ कम्पनीको एक करोड ८७ लाखभन्दा बढी कित्ता शेयर कारोबार हुँदा कुल कारोबार रकम आठ अर्ब ६३ करोड रुपैयाँ नाघेको छ। होटल तथा पर्यटन, उत्पादन र म्युचुअल फन्ड बाहेक सबै समूह घटेका छन्।
कालिञ्चोक दर्शन लिमिटेडको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सान्भी इनर्जी लिमिटेड सबैभन्दा धेरै गुमाउने कम्पनी बनेको छ।




