काठमाडौँ :- प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीहरूले राजीनामा दिएर निर्वाचन लडेकै कारण सरकारमाथि कुनै दलको प्रभाव रहेको आरोप गलत भएको बताउनुभएको छ।
राष्ट्रिय सभामा सम्बोधन गर्दै उहाँले अन्तरिम सरकार पूर्ण रूपमा निष्पक्ष रहेको स्पष्ट गर्नुभयो।
प्रधानमन्त्री कार्कीका अनुसार जेनजी आन्दोलनको आग्रहमा मन्त्री बनेकाहरूले इमानदार रूपमा काम गरी राजीनामा दिएका हुन्। उहाँले सरकारको प्राथमिकता आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन स्वच्छ र भयरहित रूपमा सम्पन्न गर्नु रहेको बताउनुभयो।




