काठमाडौँ :- स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ। शुक्रबारको तुलनामा दुवै बहुमूल्य धातुको मूल्यमा गिरावट आएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला पाँच हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।
गत शुक्रबार एक तोला छापावाल सुन तीन लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य सात हजार ६५ रुपैयाँ थियो। यसअघि बिहीबार सुन प्रतितोला तीन लाख ३९ हजार ३०० रुपैयाँ र चाँदी सात हजार ५०५ रुपैयाँमा किनबेच भएको थियो।
त्यसैगरी, बुधबार सुनको मूल्य प्रतितोला तीन लाख १८ हजार ८०० रुपैयाँ र चाँदी सात हजार ३०० रुपैयाँ कायम भएको थियो। मंगलबार सुन तीन लाख नौ हजार ३०० रुपैयाँ र चाँदी छ हजार ८७० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ८६५ अमेरिकी डलरमा कारोबार भइरहेको छ भने सेतो धातु (चाँदी) प्रतिऔँस ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।




