काठमाडौं :- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् ।
रुघा, खोकी र ज्वरोको समस्या देखिएपछि बुधबार उनलाई काठमाडौंको महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो ।
नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल बिहीबार बिहान अस्पतालमा भर्ना भएका नेता नेपाललाई भेट्न प्रचण्ड अस्पताल पुगेका थिए ।




