सिराहा :- सिराहामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर राजनीतिक माहोल तातेको छ। जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय राजनीतिमा प्रभाव राख्ने र मन्त्री भइसकेका नौ जना उम्मेदवार मैदानमा उत्रिँदा प्रतिस्पर्धा रोचक बनेको छ। विशेषगरी सिरहा क्षेत्र नं. ४ मा पाँच जना पूर्वमन्त्रीको उम्मेदवारी परेपछि यो क्षेत्र सबैको ध्यानको केन्द्रमा परेको छ।
क्षेत्र नं. १ मा नेकपातर्फका पूर्वसामान्य प्रशासनमन्त्री रामचन्द्र यादव र रास्वपाबाट निवर्तमान युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताबीच कडा टक्कर देखिएको छ। क्षेत्र नं. ३ मा एमालेका पूर्वकानुनमन्त्री लीलानाथ श्रेष्ठ र नेकपाका पूर्वशान्ति तथा पुनर्निर्माणमन्त्री विश्वनाथ साह चुनावी प्रतिस्पर्धामा छन्।
क्षेत्र नं. ४ मा जसपाबाट पूर्वसूचना तथा सञ्चारमन्त्री राजकिशोर यादव, नेकपाबाट पूर्वन्याय तथा कानुनमन्त्री अजयशंकर नायक, एमालेबाट पूर्वसामान्य प्रशासनमन्त्री धर्मनाथप्रसाद साह, जनमत पार्टीबाट पूर्ववन तथा वातावरणमन्त्री वीरेन्द्र महतो र बहुजन शक्ति पार्टीका अध्यक्ष एवं पूर्वविज्ञान तथा प्रविधिमन्त्री विश्वेन्द्र पासवान उम्मेदवार बनेका छन्। यसै क्षेत्रबाट नेपाली कांग्रेसले नयाँ अनुहार चन्द्रकला देवी यादव र रास्वपाले तपेश्वर यादवलाई उम्मेदवार बनाएको छ।



