काठमाडौँ :- नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा सदस्यका लागि रुकुम पूर्व निर्वाचन क्षेत्रबाट मनोनयन दर्ता गराउनु भएको छ ।
यसअघि गोर्खाबाट उम्मेदवार बन्नु भएका प्रचण्डले यसपटक निर्वाचन क्षेत्र परिवर्तन गर्दै रुकुम पूर्वबाट उम्मेदवारी दिनु भएको हो ।



