यसअघि आइतबार सुन प्रतितोला २ लाख ७७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। आजको वृद्धिसँगै गत पुस ३० गते कायम भएको उच्च मूल्यलाई तोड्दै सुनले नयाँ उचाइ बनाएको महासंघले जनाएको छ।
त्यस्तै, आज चाँदीको मूल्य पनि उल्लेख्य रूपमा बढेको छ। चाँदी प्रतितोला १८५ रुपैयाँले बढेर ५ हजार ८१० रुपैयाँमा कारोबार भइरहेको छ। यसले यसअघि कायम ५ हजार ६५५ रुपैयाँको उच्च मूल्यलाई पार गर्दै नयाँ रेकर्ड बनाएको हो।
आइतबार चाँदी प्रतितोला ५ हजार ६२५ रुपैयाँमा खरिद–बिक्री भएको थियो। सुन र चाँदी दुवैको मूल्य एकैदिन बढ्दा बजारमा बहुमूल्य धातुको भाउ ऐतिहासिक उचाइमा पुगेको छ।




