काठमाडौँ :- उम्मेदवार सिफारिस नभएपछि नेपाली कम्युनिस्ट पार्टीका चार जना केन्द्रीय सदस्यहरूले राजीनामा दिएका छन् ।
अज संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘अभियानबाट आएका साथीहरूमध्ये राष्ट्रियसभा, समानुपातिक तथा प्रत्यक्षतर्फ १ जना पनि छनौट हुन सकेकोले हामी सबै जना असक्षम भएको महसुस भएकाले नैतिकताको आधारमा यस पार्टी रहिरहनु उपयुक्त नभएकाले हामीले सामूहिक राजीनामा दिई स्वतन्त्र बस्ने निर्णय गरेका छौँ’, ।





