भक्तपुर :- भक्तपुरमा छोराले आमाको हत्या गरेका छन् । गएराति मध्यपुर थिमि नगरपालिका–३ तेर्सेटामा छोराले हतियार प्रहार गरी आमाको हत्या गरेका हुन् ।
धनुषाको मिथिला नगरपालिका-११ घर भएका उनीहरु तेर्सेटारमामा डेरामा बस्दै आएका थिए । शुक्रबार राति प्रविणले आमालाई धारिलो हतियार प्रहार गरेका थिए । छोराको आक्रमणबाट गम्भी घाइते भएकी सरिताको उपचारका क्रममा भक्तपुर इन्टरनेशनल अस्पतालमा मृत्यु भएको डीएसपी जबेगुले बताए ।
आमाको हत्या गरेका भण्डारीले पनि आफ्नै टाकोमा धारिलो हतियारले हानेका थिए । उनी पनि घाइते भएको प्रहरीले जनाएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



