काठमाडौँ :- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य सुधार देखिएको छ। नेप्से परिसूचक एक दशमलव ५२ अंकले बढेर २,६४१ दशमलव ४३ विन्दुमा पुगेको छ।
आज ३२० कम्पनीका करिब १ करोड २५ लाख ४९ हजार ७० कित्ता शेयर ७२ हजार ६७१ पटक खरिदबिक्री हुँदा कुल रु ८ अर्ब २० करोड ९४ लाख ३८ हजार ९०६ दशमलव ३७ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
आजको कारोबारमा विकास बैंक ०.०१%, वित्त २.५५%, होटल तथा पर्यटन ०.३१%, जलविद्युत् ०.०७%, लगानी ०.११%, म्युचुअल फण्ड ०.०८%, निर्जीवन बिमा ०.३८% र व्यापार समूह ०.६७% ले बढेको छ। अन्य समूहको उपसूचक भने घटेको छ, बैंकिङ ०.०८%, जीवन बिमा ०.०१%, उत्पादन तथा प्रशोधन ०.४१%, लघुवित्त ०.०५% र अन्य समूह ०.१३% ले घटेको छ।
सबैभन्दा बढी मूल्य वृद्धि सुपर मादी हाइड्रोपावर लिमिटेडको शेयरमा ९.९४% को वृद्धिसँग देखियो भने सबैभन्दा धेरै गिरावट आइसिएफसी फाइनान्स लिमिटेड डिबेन्चर–२०८८ मा ३.३०% ले आएको छ।
कारोबार रकमका आधारमा सबैभन्दा बढी रु २६ करोड २४ लाख ४ हजार १८४ बराबर राधी विद्युत् कम्पनी लिमिटेडको कारोबार भएको छ भने शेयर सङ्ख्याका आधारमा दोर्दीखोला जलविद्युत् कम्पनी लिमिटेडको ६ लाख ७१ हजार ११८ कित्ता शेयर सबैभन्दा बढी खरिदबिक्री भएको छ।




