काठमाडौँ :- प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत अस्वस्थ भएका छन् । उनी हाल बलम्बुस्थित सशस्त्र प्रहरी बल नेपालको अस्पतालमा उपचाररत छन् ।
सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार विमल पौडेलका अनुसार गत सोमबार प्रधानन्यायाधीश राउतलाई अस्पताल भर्ना गरिएको हो । उनी ज्वरोको समस्याबाट पीडित रहेको जानकारी दिइएको छ ।




