काठमाडौँ :- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकको समय परिवर्तन गरिएको छ।
बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी तय गरिएको बैठक अब दिउँसो १ बजे बस्ने भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माेको पहलमा आइतबारदेखि काठमाडौँको भृकुटीमण्डपमा दोस्रो विशेष महाधिवेशन जारी रहेकाले त्यससँगै समसामयिक राजनीतिक विषयमा छलफल र आवश्यक निर्णय गर्न बैठक बोलाइएको बताइएको छ।




