काठमाडौँ :- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मुलुकमा हुने निर्वाचनमा हार–जितभन्दा पनि जनतामा भरोसा जोगाउने विषय बढी महत्वपूर्ण भएको बताएका छन् । कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्रमा थापाले भने, “चुनाव आउँछ जान्छ, जितिन्छ हारिन्छ, अहिले पद्धति र संविधान जोगाउनुपर्ने छ, र त्योभन्दा बढी जनताको भरोसा जोगाउनुपर्ने छ ।”
महामन्त्री थापाले कांग्रेस दास र लासको पार्टी नभएको स्पष्ट पार्दै पार्टीमा सबै सदस्य बराबर रहेको बताए। उनले भने, “कांग्रेस लास र दासहरुको पार्टी होइन। कांग्रेसमा प्रश्न मरेको छैन। यहाँ कोही ‘बा’ छैन, नबोल भन्नेले बोल्न छाड्ने छैन। पार्टीभित्र कोही मालिक र दास छैन। थियो भने पनि आजबाट भत्कियो। भोलि जो आए पनि पार्टीको सदस्यलाई हेप्न सक्दैन। तल बस्नेले माथि बस्नेको आदेश मान्नु पर्दैन, जय नेपाल गर्नुपर्छ।”
महामन्त्री थापाले चुनावभन्दा बढी अहिले व्यवस्था, संविधान र जनताको भरोसा जोगाउनुपर्ने जोड दिनुभयो।




