काठमाडौँ :- नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले राष्ट्रपति रामचन्द्र पौडेलसँग विदाइ भेट गरेका छन्।
राष्ट्रपति कार्यालयका अनुसार आज राष्ट्रपति भवनमा भएको भेटमा राष्ट्रपति पौडेल र राजदूत थम्पसनबीच नेपाल–अमेरिका द्विपक्षीय सम्बन्ध, आपसी हित तथा साझा चासोका विषयमा छलफल भएको थियो।
सो अवसरमा राष्ट्रपति पौडेलले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा राजदूत थम्पसनलाई धन्यवाद व्यक्त गरेका थिए।



