काठमाडौँ :- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ९३ दशमलव ९ अंकले वृद्धि भएर २,६४९ दशमलव ३० मा पुगेको छ।
आज ३३४ कम्पनीका १ करोड ४८ लाख ३१ हजार २४१ कित्ता शेयर ८८ हजार ३६२ पटक खरिदबिक्री हुँदा कुल कारोबार रु ७ अर्ब १२ करोड ३३ लाख ६५ हजार २९६ पुगेको हो।
होटल र पर्यटन तथा उत्पादन र प्रशोधन समूह बाहेक अन्य सबै समूहका उपसूचक बढेका छन्। वित्त समूहको उपसूचक सबैभन्दा बढी, २ दशमलव ८७ प्रतिशतले वृद्धि भएको छ।
आज जीवन विकास लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ९ दशमलव ९७ प्रतिशतले सबैभन्दा बढी बढेको छ, भने रुरु जलविद्युत् परियोजना लिमिटेडको शेयर मूल्य ८ दशमलव ४१ प्रतिशतले घटेको छ।



