काठमाडौँ :- नेकपा एमालेले राष्ट्रिय सभाका ७ वटा सिटमा आफ्नो दाबी पेश गरेको छ।
आज पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपमहासचिव लेखराज भट्टले प्रत्येक प्रदेशबाट १/१ जना उम्मेदवार रहनेगरी ७ सिटमा दाबी गरिएको जानकारी दिएका छन्।
उनका अनुसार, कांग्रेसका सभापति शेरबहादुर देउवासँग थप छलफल गरेर उम्मेदवारको नाम टुंग्याउने जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको छ।



