काठमाडौँ :- नेकपा (एमाले) को सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालयमा जारी छ ।
बैठकमा समसामयिक राजनीतिक परिस्थितिका साथै राष्ट्रियसभा र प्रतिनिधिसभाको निर्वाचन र पार्टीको दोस्रो केन्द्रीय कमिटीको बैठक तयारीबारे छलफल हुँदैछ। पार्टी सचिव भानुभक्त ढकालले यसका विषयमा जानकारी दिए।
एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक आगामी पुस २७ देखि २९ गते काठमाडौँमा बस्नेछ।
छलफलका एजेण्डा:
१. राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार चयन
२. घोषणा–पत्र तयारी समिति गठन
३. निर्वाचन परिचालन समिति गठन
४. निर्वाचन केन्द्रित भूगोलको कार्यविभाजन
५. युवा केन्द्रित निर्वाचन परिचालन रणनीति
६. संशोधित विधानअनुसा
– वाग्मती प्रदेश कमिटी गठन
– राजधानी प्रदेश कमिटी गठन
– सम्पर्क विशेष संगठन कमिटी गठन
७. पार्टी नियमावलीमा संशोधन
८. नीति अनुसन्धान प्रतिष्ठानको निर्देशिका संशोधन



