काठमाडौँ :- नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्य तोलामा ३,१०० रुपैयाँ बढेर २ लाख ६८ हजार १०० रुपैयाँ पुगेको छ, जबकि सोमबार सुन २ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, आज चाँदीको मूल्य पनि बढेर तोलामा १९५ रुपैयाँ वृद्धि भई ४ हजार ८८० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदीको मूल्य ४ हजार ६८५ रुपैयाँमा थियो ।



