काठमाडौँ :- नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार आगामी सोमबार दिउँसो १ बजे ललितपुरको बीपी नगरस्थित केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बैठक बस्नेछ।
बैठकमा वर्तमान राजनीतिक परिस्थिति, पार्टीका आन्तरिक विषयवस्तु तथा समसामयिक मुद्दाहरूबारे छलफल हुने जनाइएको छ।



