काठमाडौँ :- नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि (सोमबार) बस्ने भएको छ। बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजना हुने जनाइएको छ।
यसअघि शुक्रबार बसेको कार्यसम्पादन समितिको बैठकले आगामी वैशाख २८ देखि ३१ गतेसम्म पार्टीको १५औँ महाधिवेशन गर्ने प्रस्ताव पारित गरेको थियो। महाधिवेशनको मिति तय भएसँगै पार्टीभित्र आगामी तयारी र संगठनात्मक विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
भोलिको बैठकमा महाधिवेशनसम्बन्धी कार्यतालिका, तयारी प्रक्रिया र अन्य समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने बताइएको छ।



