पर्सा :- पर्सा जिल्ला प्रशासनले जिल्लामा सामाजिक सद्भाव कायम गर्नका लागि सबैलाई अपिल गरेको छ। वीरगञ्जमा आज भएको प्रदर्शनलाई मध्यनजर गर्दै, प्रमुख जिल्ला अधिकारी भोला दाहालले समाजमा शान्ति र सुरक्षा कायम राख्नका लागि सबैलाई सचेत गराएका छन्।
दाहालले भने, “सामाजिक र धार्मिक या सांस्कृतिक द्वेष सृजना गर्दै राष्ट्रिय एकतामा आँच पु¥याउने र झुठा अफवाह फैलाइ समुदायको सामाजिक मानमर्दन गर्ने कुनै पनि गतिविधि नगर्न आग्रह गर्दछु।” उनले सामाजिक सञ्जाल प्लेटफर्महरू जस्तै फेसबुक, टिकटक र इन्स्टाग्राममा यस्ता गतिविधिहरूको सूक्ष्म निगरानी भइरहेको चेतावनी दिएका छन्।
प्रमुख जिल्ला अधिकारीले सबैलाई सजग र सचेत रहन अनुरोध गर्दै, यस्तो किसिमका गतिविधिलाई गम्भीरतापूर्वक लिइने बताएका छन् ।




