काठमाडौँ :- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ। आइतबार बिहान ललितपुरमा दुई नेताबीच भेट भएको हो।
भारत भ्रमणमा जानुअघि प्रचण्डले ओलीसँग भेट गरेका हुन्। भेटमा समसामयिक राजनीतिक अवस्था तथा चुनावी तालमेलका विषयमा छलफल भएको बताइएको छ।
आगामी माघ ११ गते राष्ट्रियसभा सदस्य र फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुने कार्यतालिका रहेको छ।



