यसअघि पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संयुक्त विज्ञप्ति जारी गर्दै नियमित महाधिवेशनको कार्यतालिका स्थगित गरिएको जानकारी दिएका थिए। सो निर्णयपछि पार्टीभित्र असन्तुष्टि र बहस बढेको थियो।
उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै बसेको कार्यसम्पादन समिति बैठकमा पार्टीभित्र देखिएका विवाद समाधान गर्ने विषयमा छलफल हुने बताइएको छ। बैठकबाट महाधिवेशनको कार्यतालिका तथा आगामी कदमबारे स्पष्ट निर्णय आउने अपेक्षा गरिएको छ।



