काठमाडौँ :- प्रधानमन्त्री सुशीला कार्की र नागरिक बचाउ अभियानको टोलीबीच भेटवार्ता सम्पन्न भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा अभियानका नेता दुर्गा प्रसाईँसहितका नेताहरूले प्रधानमन्त्री कार्कीसँग छलफल गरेका हुन्।
भेटका क्रममा नागरिक सरोकार र अभियानका विषयमा कुराकानी भएको जनाइएको छ।




