आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिने प्रक्रिया पूरा भइसकेको र अब तत्कालीन प्रधानमन्त्री ओलीलाई बयानका लागि बोलाउने प्रक्रिया अघि बढाउन लागिएको जानकारी दिनुभयो।
यसअघि ओलीले आयोगको कानुनी हैसियत र निष्पक्षतामाथि प्रश्न उठाउँदै आयोगमा बयान दिन नजाने सार्वजनिक अभिव्यक्ति दिँदै आउनुभएको छ। त्यही अवस्थामा आयोगले औपचारिक पत्राचार गर्न लागेको हो।
अध्यक्ष कार्कीका अनुसार आयोगलाई थप गरिएको समयसीमाभित्रै छानबिन सम्पन्न गरी प्रतिवेदन बुझाउने गरी काम भइरहेको छ। गत असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले तीन सदस्यीय आयोगको कार्यकाल आगामी माघ ५ गतेसम्मका लागि थप गरेको थियो।



