काठमाडौँ :- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १० दशमलव ८७ अंकले वृद्धि भई दुई हजार ६३३ दशमलव ७६ बिन्दुमा पुगेको छ। बजार बढेसँगै कारोबार रकम पनि उल्लेखनीय देखिएको छ।
नेप्सेका अनुसार आज ३४२ कम्पनीका एक करोड १९ लाख ४६ हजार ३३३ कित्ता सेयर ६३ हजार ९८१ पटक खरिद–बिक्री हुँदा कुल कारोबार रकम रू पाँच अर्ब १३ करोड ४८ लाख ५० हजार ५२ पुगेको छ।
आजको कारोबारमा सबै समूहका उपसूचकहरू उकालो लागेका छन्। तीमध्ये उत्पादन तथा प्रशोधन समूह सबैभन्दा बढी एक दशमलव ६१ प्रतिशतले बढेको छ। एसवाई प्यानल नेपाल लिमिटेड र ङादी हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
कारोबार रकमका आधारमा ग्रीन भेन्चर लिमिटेड अग्रस्थानमा रह्यो। उक्त कम्पनीको रू १७ करोड ७९ लाख तीन हजार ४१३ बराबरको तीन लाख ४९ हजार ७४४ कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ।



