काठमाडौँ :- पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुर–निजगढ सडकखण्ड २४ घण्टापछि पुनः सञ्चालनमा आएको छ।
ग्याँस बुलेट पल्टिएर राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको थियो। मंगलबार बिहान करिब ७:५० बजेदेखि राजमार्ग ठप्प भएको थियो। मुख्य राजमार्ग बन्द हुँदा सवारी साधनहरूले वैकल्पिक रूपमा लामो र घुमाउरो ग्रामिण सडक प्रयोग गर्नुपर्ने अवस्था आएको थियो।
क्रेनको मद्दतले ग्यास बुलेटलाई सडकको किनारमा राखेपछि बुधबार बिहान साढे ७ बजेदेखि राजमार्ग दुईतर्फी खुला गरिएको जानकारी प्राप्त भएको छ।
दुर्घटनापछि ग्यास चुहावट भएको कारण आगलागीको जोखिम रहेको भन्दै दमकलले पानी छर्केर र दुईवटा क्रेनको सहायतामा बुलेट उठाइएको थियो। कालोपत्रे राजमार्ग पनि पानीको फोहोरा हानी सफा गरिएको छ। ग्यास बुलेट अहिले सडकको किनारमा राखिएको छ।



