काठमाडौँ :- प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाउनुपर्ने समानुपातिक उम्मेदवारको बन्दसूचीलाई अन्तिम रूप दिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक जारी छ।
वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बसिरहेको उक्त बैठकमा समानुपातिकतर्फका उम्मेदवार चयनबारे अन्तिम छलफल भइरहेको जनाइएको छ।
निर्वाचन आयोगले आजसम्म समानुपातिक उम्मेदवारको अन्तिम सूची बुझाउन समयसीमा तोकेकाले रास्वपा नेतृत्व सूची टुंग्याउन अन्तिम कसरतमा जुटेको छ।



