काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत राजनीतिक दलहरूले आज उम्मेदवारको बन्दसूची बुझाउने प्रक्रिया जारी राखेका छन्।
आज बन्दसूची बुझाउने अन्तिम दिन भएकाले निर्वाचन आयोग परिसरमा विभिन्न दलका नेता तथा प्रतिनिधिहरूको भीड लागेको छ।
यद्यपि प्रमुख राजनीतिक दलहरूले भने अझैसम्म उम्मेदवारको नाम टुंग्याउन सकेका छैनन्। यसका लागि मुख्य दलहरूको आन्तरिक बैठक जारी रहेको जनाइएको छ।
आज साँझसम्म जसरी पनि बन्दसूची बुझाउनुपर्ने बाध्यता दलहरूलाई छ।
नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तथा अन्य मधेशवादी दलहरूले अझैसम्म समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएका छैनन्।



