काठमाडौँ :- नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगले यही पुस १३ र १४ गते समानुपातिकतर्फको बन्द सूची पेस गर्न तोकेको समयसीमालाई ध्यानमा राख्दै बैठकमा यस विषयमा छलफल हुने जनाइएको छ।
११औँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ नेतृत्व चयन भएपछि यो पहिलो सचिवालय बैठक हो। यसअघि महाधिवेशनपछि यही पुस ५ गते सम्पन्न केन्द्रीय कमिटीको पहिलो बैठकले केन्द्रीय सदस्यमा मनोनयन, स्थायी कमिटी तथा पोलिटब्युरो गठनलगायतका महत्वपूर्ण अधिकार सचिवालयलाई प्रदान गरेको थियो।
बिहान ११ बजे बस्नेगरी तय गरिएको बैठक समय परिवर्तन भई दिउँसो २ः३० बजे सुरु भएको हो।



