काठमाडौँ :- पूर्वगृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलन तथा भाद्र २३ र २४ गते भएका घटनाबारे जाँचबुझ गर्न गठित आयोगमा बयान दिन जाने निर्णय गर्नुभएको छ।
बिहीबार केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले आयोगले घटनासम्बन्धी जानकारी लिन आफूलाई बोलाएको र त्यसअनुसार बयानका लागि उपस्थित हुने स्पष्ट पार्नुभयो।
आयोगले शुक्रबारका लागि बोलाए पनि आफू सोमबार आयोगमा उपस्थित हुने उहाँले जानकारी दिनुभयो। “भाद्र २३ र २४ गतेको घटनाबारे जानकारी लिन आयोगले मलाई बोलाएको छ। मैले बयान दिन जाने निर्णय गरेको छु,” लेखकले सञ्चारकर्मीसँग भन्नुभयो।



