काठमाडौं :- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सात प्रदेशमा निर्वाचन अधिकृतका कार्यालयहरू स्थापना गरी निर्वाचन अधिकृतहरूको नियुक्ति गरेको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, आयोगले जिल्ला न्यायाधीशहरूलाई निर्वाचन अधिकृतका रूपमा नियुक्त गरेको छ।
कोशी प्रदेशमा भीमराज प्रसाई, मधेशमा शुभनाथ पुरी, वाग्मतीमा गीता श्रेष्ठ, गण्डकीमा हिमाल बेल्वासे, लुम्बिनीमा प्रकाशराज पण्डित, कर्णालीमा दीपक ढकाल र सुदूरपश्चिममा भुवनसिंह थापालाई निर्वाचन अधिकृतको रूपमा नियुक्त गरिएको छ।
आगामी फागुन २० गते रिक्त १९ पदका लागि निर्वाचन हुँदैछ।
निर्वाचन कार्यक्रम अनुसार, पुस १९ गते बिहान १०:०० बजेदेखि ११:00 बजेसम्म नामावलीको प्रकाशन हुनेछ। त्यसपछि नामावलीमाथि दाबी, विरोध र उजुरीको छानबिन गरी पुस २२ गते दिउँसो ३:00 बजेदेखि ४:00 बजेसम्म अन्तिम नामावली प्रकाशित हुनेछ।
पुस २३ गते बिहान १०:00 बजेदेखि अपराह्न ३:00 बजेसम्म उम्मेदवारको मनोनयन प्रक्रिया हुनेछ। त्यसपछि, पुस २४ गते बिहान १०:00 बजेदेखि अपराह्न ४:00 बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दर्ता गर्न सकिनेछ। पुस २७ गते बिहान १०:00 बजेदेखि अपराह्न १:00 बजेसम्म उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्नेछन्। त्यसपछि दिउँसो १:00 बजेदेखि २:00 बजेसम्म उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरिनेछ।
पुस २८ गते बिहान १०:00 बजेदेखि दिउँसो १:00 बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम हुनेछ। मतदान केन्द्रहरूमा बिहान ९:00 बजेदेखि दिउँसो ३:00 बजेसम्म मतदान प्रक्रिया सञ्चालन हुनेछ।




