काठमाडौँ :- पोर्चुगल र रोमानिया पठाइदिने भन्दै रु १० लाख ५० हजार ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन्। पक्राउ परेका आरोपीहरू तनहुँ भिमाद गाउँपालिका–५ का रोबिन जिआर र ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–६ की ४८ वर्षीया गीतामाया मगर हुन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता काजीकुमार आचार्यले जानकारी दिँदै भने, ठगीको अभियोगमा पक्राउ परेका रोबिनले पोर्चुगल पठाइदिने भन्दै एक जनाबाट रु २ लाख १० हजार र गीतामायाले रोमानिया पठाइदिने भन्दै दुई जनाबाट रु ८ लाख ४० हजार रकम लिएका थिए।
उनीहरूलाई वैदेशिक रोजगार विभाग पठाइने प्रक्रिया सुरु गरिएको छ।




