काठमाडौं :- जेनजी आन्दोलनका क्रममा आगजनी भएका पार्टी कार्यालयहरूको अनुगमन र राजनीतिक दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोली कांग्रेस पार्टी कार्यालय पुगेको छ।
कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल सहितको टोली कांग्रेस पार्टी कार्यालय सानेपा पुगेको हो।
यो सरकारी टोली संवाद र कार्यालय अनुगमनका लागि सुरुमा कांग्रेसको केन्द्रीय कार्यालय सानेपा पुगेको छ, र त्यसपछि नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (तत्कालीन माओवादी केन्द्र) लगायत अन्य दलका कार्यालयहरूमा पनि जाने योजना रहेको छ।




