काठमाडौं :- नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ३४ सय रुपैयाँ बढेर दुई लाख ६१ हजार ७०० रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्चतम मूल्य हो।
यसअघि आइतबार सुनको मूल्य दुई लाख ५८ हजार ३ सय रुपैयाँ रहेको थियो।
अर्कोतर्फ, चाँदीको मूल्य पनि वृद्धि भएको छ। चाँदीको मूल्य तोलामा १३० रुपैयाँ बढेर चार हजार २३५ रुपैयाँ पुगेको छ, जबकि आइतबार यसको मूल्य चार हजार १०५ रुपैयाँ थियो।



