काठमाडौँ :- रोल्पामा श्रीमतीको हत्या आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार श्रीमती ५२ वर्षीया रीमा परियारको हत्या गरेको आरोपमा रुन्टीगढी गाउँपालिका–५, जस्पुरका ४८ वर्षीय अमराज दमाईंलाई शनिबार दिउँसो पक्राउ गरेको हो ।
अमराजले कुटपिट गर्दा रीमा गम्भीर घाइते भएकी थिइन् । प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।




