काठमाडौँ :- नेपाल राष्ट्र बैंकले आफ्नो कर्मचारी सुरक्षाकोषमा रहेको रु १ अर्ब २० करोड बराबरको रकम बैङ्क र वित्तीय संस्थामा लगानी गर्ने घोषणा गरेको छ। केन्द्रीय बैङ्कले एक सूचना प्रकाशित गर्दै बैङ्क तथा वित्तीय संस्थासम्म आवेदन पठाउने प्रक्रिया शुरू गरेको छ।
प्रस्तावित लगानीको रकम क वर्गका वाणिज्य बैङ्कमा रु ९६ करोड, ख वर्गका विकास बैङ्कमा रु १८ करोड र ग वर्गका वित्त कम्पनीमा रु ६ करोड हुने छ। बैंकले उक्त रकमको मुद्दती निक्षेप र ब्याजदरसमेत प्रस्ताव गरेको छ।
यस लगानीका लागि बैङ्क तथा वित्तीय संस्थाले केही शर्त पूरा गर्नुपर्ने छ। सर्तहरूमा संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष, न्यूनतम कूल पूँजीकोषको उपलब्धता, कूल कर्जा सापटीको आठ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात तीन प्रतिशत भन्दा कम हुनुपर्ने अनिवार्य रहेका छन्।
नेपाल राष्ट्र बैंकले पुस ७ गते भित्र आवेदन दिन आग्रह गरेको छ।




