काठमाडौँ :- सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले पुनः पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई शुक्रबार काठमाडौंको महाराजगञ्ज क्षेत्रबाट गिरफ्तार गरेको हो।
यसअघि पनि साउन महिनामा उनलाई पक्राउ गरी केही समयपछि छुटाईएको थियो। उनलाई धितोपत्रसम्बन्धी ऐनअन्तर्गत पक्राउ गरिएको जानकारी प्राप्त भएको छ।




