काठमाडौँ :- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य सुधार देखिएको छ। कारोबारको अन्त्यमा नेप्से परिसूचक पाँच दशमलव ७० अङ्कले बढ्दै २,६२५ दशमलव ७० बिन्दुमा पुगेको छ।
नेप्सेका अनुसार आज कुल ३३२ कम्पनीका ८५ लाख ९८ हजार ४२४ कित्ता शेयर ५८ हजार ९६ पटक खरिदबिक्री हुँदा चार अर्ब पाँच करोड ३७ लाख २० हजार ७८२ रुपैयाँ बराबरको कारोबार भएको छ।
आजको कारोबारमा होटल तथा पर्यटन, निर्जीवन बीमा र व्यापार समूहका उपसूचक घटेका छन् भने बाँकी सबै समूहका उपसूचकमा वृद्धि देखिएको छ।
त्यस्तै, स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेड र एसवाई प्यानल नेपाल लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। भने बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।




