काठमाडौँ :- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य सुधार देखिएको छ। नेप्से परिसूचक ५ दशमलव ७० अंकले बढेर २,६२५ दशमलव ७० बिन्दुमा पुगेको छ।
आज ३३२ कम्पनीका ८५ लाख ९८ हजार ४२४ कित्ता शेयर ५८ हजार ९६ पटक खरिदबिक्री हुँदा कुल कारोबार रकम ४ अर्ब ५ करोड ३७ लाख २० हजार ७८२ रुपैयाँ पुगेको नेप्सेले जनाएको छ।
कारोबारका क्रममा होटल तथा पर्यटन, निर्जीवन बीमा र व्यापार समूहको उपसूचक घटेको छ भने बाँकी सबै समूहका उपसूचकमा वृद्धि देखिएको छ।
आज स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेड र एसवाई प्यानल नेपाल लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यता बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ।




