काठमाडौँ :- ललितपुर महानगरपालिका–११ शंखमुलमा बस्दै आएकी एक महिलाको कोठाबाट एक लाखभन्दा बढी मूल्य बराबरको धनमाल चोरी भएको छ। अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–८ घर भएकी कविता खत्रीको कोठाबाट मंगलबार साँझ चोरी भएको हो।
प्रहरीका अनुसार खत्रीको कोठाबाट २ थान ल्यापटप, १ थान मोबाइल र नगद गरी करिब १ लाख ५३ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ।
चोरीमा संलग्न व्यक्तिहरू फरार रहेका कारण उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। ललितपुर प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाएको जानकारी दिएको छ।




