काठमाडौँ :- नबिल बैंकले पोखरा शाखामा आफ्नो छैटौं प्रायोरिटी बैंकिङ लाउञ्ज सुरु गरेको छ। उक्त लाउञ्जको उद्घाटन बैंकका डेपुटी सीईओ आदर्श बजगाईंले एक विशेष समारोहमा गरेका छन्।
बैंकले ग्राहकलाई उच्चस्तरीय सेवा दिने प्रतिबद्धताअनुसार काठमाडौं उपत्यका बाहिर पहिलोपटक लाउञ्ज सुरु गरेको हो। यसअघि, नबिल बैंकले तीनधारा, ललितपुर, महारागञ्ज, बौद्ध र कौशलटार शाखाहरुबाट प्रायोरिटी बैंकिङ सुविधा प्रदान गर्दै आएको थियो।
लाउञ्ज उद्घाटन गर्दै, डेपुटी सीईओ बजगाईंले भने, “ग्राहकको सुविधालाई ध्यानमा राखेर हामीले प्रायोरिटी बैंकिङ शाखा विस्तार गरेका हौं, जसबाट हाम्रा ग्राहकले व्यक्तिगत र सहजरुपमा उच्चस्तरीय बैंकिङ सेवा अनुभव गर्न पाउने छन्।”
नबिल प्रायोरिटी बैंकिङ सेवामार्फत ग्राहकहरूले रिलेशनशिप म्यानेजरसँग सम्पर्क गरी सेवा लिन, सहज बैंकिङ लाउञ्जको पहुँच प्राप्त गर्न, छिटो र छरितो सेवा लिन र वित्तीय समाधान तथा लगानीसम्बन्धी सल्लाह प्राप्त गर्न सक्नेछन्।
नबिल प्रायोरिटी बैंकिङसम्बन्धी थप जानकारीका लागि बैंकको वेबसाइट https://www.nabilbank.com/individual/savings-deposits-individual/priority-banking मा लगइन तथा ग्राहक सेवा केन्द्रमा फोन सम्पर्क गर्न सकिनेछ ।
नबिल बैंक नेपालको एक अग्रणी बैंक हो र यसले २५ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिका २६८ शाखा र ३२१ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ। विगत चार दशकदेखि, नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्दै नेपालको बैंकिङ विकासमा अग्रणी भूमिका निर्वाह गर्दै आएको छ।




