काठमाडौँ :- प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका-११ त्रिभुवन चोकबाट स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, सुनिलकुमार बानियाँलाई तीन लाख ७२ हजार ७०० भारु र एक लाख नेपाली रुपैयाँसहित पक्राउ गरिएको हो।
पक्राउ गरिएको रकममा भारु ५०० का ६४५ थान, भारु १०० का ५०२ थान र १००० नेपाली रुपैयाँका १०० थान समावेश छन्। बानियाँलाई कुमार जनरल स्टोरको सञ्चालकको रूपमा कारोबार गर्ने क्रममा स्रोत नखुलेको रकम राखेको आरोपमा प्रहरीले पक्राउ गरेको हो। बानियाँलाई राजस्व अनुसन्धान कार्यालय, कोहलपुरमा बुझाउन तयारी भइरहेको छ।




