काठमाडौँ :- आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६.७४ अंकले वृद्धि भएको छ, जससँगै परिसूचक २,६०१ अंकमा पुग्यो।
तर, कारोबार रकममा घटावट आएको छ। अघिल्लो दिन ४ अर्बको कारोबार भए पनि आज ३ अर्ब ४४ करोड रुपैयाँको कारोबार भएको छ।
आज १५५ कम्पनीका शेयरको मूल्य वृद्धि भएको छ, जबकि ९४ कम्पनीका मूल्य घटेका छन् र १० कम्पनीका शेयरको मूल्य स्थिर रहेको छ। बैंकिङ समूहले परिसूचकको वृद्धिमा प्रमुख योगदान पुर्याएको छ, तर सबै समूहका सूचकहरूको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो।
बैंकिङ समूह ०.७२%, विकास बैंक ०.३३%, फाइनान्स ०.९०%, हाइड्रोपावर ०.०६%, जीवन बीमा ०.३०%, उत्पादन तथा प्रशोधन ०.५७%, निर्जीवन बीमा ०.०७%, र व्यापार समूह ०.२७% बढे।
त्यस्तै, होटल तथा पर्यटन ०.११%, लगानी ०.०८%, माइक्रोफाइनान्स ०.०८%, र अन्य समूह ०.१७% घटेका छन्।
दुई कम्पनीका शेयरमा १० प्रतिशत वृद्धि भएको छ। स्वस्तिक लघुवित्त र एसवाई प्यानलका शेयरमा १०% वृद्धि देखिएको हो। साथै, स्वेतगंगा हाइड्रोपावरको मूल्य ८.७९%, ओम मेगाश्रीको ४.०९% र इङवा हाइड्रोपावरको ३.९७% मूल्य वृद्धि भएको छ।




