काठमाडौं :- नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १,९०० रुपैयाँले बढेर प्रतितोला २ लाख ६० हजार ७ सयमा कारोबार भइरहेको छ।
त्यस्तै, चाँदीको मूल्य पनि ४५ रुपैयाँले बढेर प्रतितोला ३ हजार ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।




