काठमाडौं :- आज नेप्से परिसूचक १२ दशमलव ५० अंकले घटेर २,५९४ दशमलव ८७ बिन्दुमा झरेको छ। आज बैंक र म्युचुअल फण्ड बाहेक सबै समूहको शेयर मूल्य घटेको छ। १ सय ९७ कम्पनीका शेयर घटेका छन् भने ५६ कम्पनीका शेयर बढेका छन्। ६ वटा कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएको छैन।
सिटी होटलको शेयर मूल्य सबैभन्दा धेरै ६ दशमलव २६ प्रतिशतले घटेको छ। तर, समग्र बजार ओरालो लागेको दिन स्वस्तिक लघुवित्त र एसवाई प्यानल नेपाल कम्पनीका शेयर १० प्रतिशतले बढेका छन्।
आज नेप्से परिसूचक घटे पनि कारोबार रकममा वृद्धि भएको छ। बिहीबारको ३ अर्ब ४९ करोडको कारोबारको तुलनामा आज ३ सय ३० कम्पनीका १ करोड १२ लाख कित्ता शेयर ४ अर्ब ७४ लाख रुपैयाँमा किनबेच भएका छन्।




