काठमाडौं :- सेयर बजार परिसूचक नेप्सेमा आज सामान्य अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक १.६६ अङ्कले घटेर २,६०७.३७ विन्दुमा बन्द भएको हो, जुन अघिल्लो दिनको तुलनामा ०.०६ प्रतिशतको गिरावट हो ।
आजको कारोबारमा ३ अर्ब ४९ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। ३२६ कम्पनीका ७७ लाख ६८ हजार ६०१ कित्ता सेयर ६९ हजार ७२९ पटक किनबेच भएका छन्।
कारोबार भएका कम्पनीहरूमध्ये ९८ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने १४९ कम्पनीको मूल्य घटेको छ। ११ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएको छैन।
आजको सर्वाधिक लाभ कमाउने कम्पनीहरूमा स्वस्तिक लघुवित्त र एसवाई प्यानल रहेका छन्, जसका सेयर मूल्यमा क्रमशः १० प्रतिशत र ९.९८ प्रतिशतको वृद्धि भएको छ।




