काठमाडौं :- नेपाल प्रहरीले काठमाडौँको नयाँ बसपार्कमा यात्रुको झोला जथाभावी तानेर दुःख र हैरानी दिने ४६ जनालाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी र प्रहरी प्रभाग नयाँ बसपार्कको संयुक्त टोलीले पछिल्लो समय नयाँ बसपार्कको गोँगबु क्षेत्रबाट शङ्कास्पद गतिविधि गर्दै यात्रुलाई झोला तानेर दुःख दिने व्यक्तिहरूलाई बुधबार साँझ पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार, राजधानी काठमाडौँ आएका यात्रुहरुलाई जबर्जस्ती झोला तानेर हैरानी दिने ट्याक्सी चालक, होटल सञ्चालक र होटल कर्मचारीलाई पक्राउ गरिएको जानकारी दिइएको छ।
प्रहरीले भने, “आज मात्रै ४६ जनालाई नियन्त्रणमा लिएको छ, सुरुआतमा सम्झाइबुझाइ गरेर छाडेका थियौं, तर यदि यस्तो घटना दोहोरियो भने कडा कारबाही गरिनेछ।” प्रहरीले उक्त अभियानलाई निरन्तरता दिने पनि जनाएको छ।




