काठमाडौं :- आज बुधबारको तुलनामा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज एक तोला सुनको मूल्य रु २ लाख ५३ हजार १०० र एक तोला चाँदीको मूल्य रु ३ हजार ८०५ कायम गरिएको छ।
बुधबारको मूल्य अनुसार, एक तोला सुनको मूल्य रु २ लाख ५२ हजार १०० थियो भने एक तोला चाँदी रु ३ हजार ७५० मा कारोबार भइरहेको थियो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार, आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ४ हजार २४२ अमेरिकी डलरमा र त्यति नै परिमाणको चाँदी ६२ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ।




